काठमाडौँ – केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको खेलमा केपी ओली एफसीले न्यूरोड टिम(एनआरटी) र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलन प्रवेश गरेका हुन् । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोश्रो खेलमा केपी ओली एफसीले एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्यो । केपी ओली एफसीका तर्फबाट एकमात्र निर्णायक गोल खेलको ६३ औ मिनेटमा सुरज ठकुरीले गरेका थिए ।
त्यस्तै सोमबार नै भएको पहिलो खेलमा आर्मीले पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो । आर्मीका नवयुग श्रेष्ठले खेलको १९ औं मिनेट र दिनेश हेम्जनले ८१ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच हुनेछ ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
((