काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ९.२४ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ९.२४ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको १.२४ बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पाउनेछन्। कम्पनीको चुक्ता पुँजी हाल ४ अर्ब ९५ करोड रुपैयाँ छ।
प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन्। इन्स्योरेन्सले २०७९र८० को मुनाफाबाट १८।३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।



























































