काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफुलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफुले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थिती उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको जनाए ।


ADVERTISEMENT

# # #


उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढंगले अघि बढाउन प्रतिवद्ध रहेको बताए । त्यस्तै उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकता, शुभेच्छुकहरुको भावनालाई सकारात्मक रुपमा लिदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको बताए ।

उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढंगले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरंकुश ढंगले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे ।