काठमाडौँ – नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याइ भइरहेको बताएकी छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद शर्माले संसदबाट पारित विधेयकमाथि मन्त्रीले संशोधन हुने गरेको र संसद्‍मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुनुले संसदमाथि सरकारको निरन्तर बलमिच्याइ पुष्टि भएको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


सांसद शर्माले सरकारलाई सांसदहरुले सोधेका प्रश्नको जवाफ सरकारले नभइ सत्तारुढ सांसदहरुले दिने अवस्था बनेको जिकिर गरिन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने भन्दै सभामुखले रुलिङ गर्न माग गरिन् ।

सांसद शर्माले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दल खोलेर राजनीतिमा आउन सुझाव समेत दिइन् । उनले सम्पत्ति शुद्धिकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै यसबाट बाहिर निस्कन सरकारले गरेको तयारी सदनमा जानकारी गराउन माग गरिन् ।