काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले देशले दिएको सम्मान पूर्वराजा ज्ञानेन्द्र शाहले बोक्न सक्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले पूर्वराजाले अरु राजनीतिक दलका नेताजस्तो बोल्न नसुहाउने भन्दै पूर्वराजाको हैसियतमा देशले दिएको सम्मान बोक्न सक्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


पूर्वराजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुप¥यो भन्दा नेपाली जनता र राजनीतिक दलहरु मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? भन्दै उनले प्रश्न गरे । गणतन्त्र आएपछिको मुलुकको बिकास असाधारण ढंगले भएको भन्दै उनले जनतामा निराशा छर्ने प्रयास कसैले गर्न नहुने धारणा राखे ।

‘राजाले यसो मान्छे जम्मा गरेर जुलुसको नेतृत्व गर्दै मलाई साथ दिनुपर्यो भनेर आह्वान गर्ने हो भने अरु नेपाली जनता र अरु राजनीतिक दलहरुले निर्मल निवास घेरे भने के हुन्छ ? उनीहरुलाई पनि त त्यो अधिकार छ !’ उनले भने, ‘अरु देशमा हिंसात्मक आन्दोलन भएका छन् र राजाहरु काटिए इतिहास छन् । हामीले शान्तिपूर्ण ढंगले स–सम्मान विदा गर्यौं । त्यो सम्मानलाई राजाले बोक्न सक्नुपर्यो ।’

सांसद पन्तले एउटा संसदका सदस्यले अर्को सदनका सदस्यलाई लाञ्छना लाउने काम गर्न नहुने बताए ।