ललितपुर – बज्रबाराही चापागाउँ अस्पताल दिनप्रतिदिन सुविधायुक्त बन्दै गएको छ। प्रादेशिक अस्पतालको रूपमा स्थापना भएदेखि अस्पतालले स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति गरेको छ।
२०८१ सालको पौष महिनामा पहिलो पटक एपेन्डिसाइटिसको अपरेसनबाट मेजर सर्जरीको सुरुआत गरेको यस अस्पतालले पछिल्लो समय ५ दिनमा ५ वटा मेजर सर्जरी सम्पन्न गर्न सफल भएको छ।
अस्पतालमा फागुन ९ गतेदेखि १३ गतेसम्म उक्त सर्जरी सम्पन्न भएको हो । जसमा ३ वटा जनरल सर्जरीअन्र्तगत एपेन्डिक्स, पेरिएनल एब्सेस, र बाइलेटेरल इन्गुईनल हर्निया सम्पन्न भएको छ भने हाडजोर्नीसम्बन्धि फोरआम प्लेटिङ र ह्युमेरस साफ्ट प्लेटिङ गरी दुई मेजर अपरेसन सम्पन्न भएको छ ।
शल्यक्रिया गरेका ५ बिरामीमध्ये ४ जना डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ । यस्तै हर्निया अपरेशन गरिएका बिरामी भने हाल पोस्ट अप वार्डमा उपचाररत छन्। उनको अवस्था पनि सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालमा छिट्टै सिजेरियन सेक्सन सर्जरी पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अंकुर पौडेलको भनाई छ । ‘अब छिट्टै नै अस्पतालमा प्रसुतिका अप्रेशन केशहरु पनि सञ्चालनमा आउनेछन्’, उनले भने ।
नयाँ प्रमुख र व्यवस्थापक टोलीको नेतृत्वमा अस्पतालले छोटो समयमा महत्वपूर्ण सुधार र सुविधाको थप गरेको छ। यसले प्रादेशिक स्वास्थ्य सेवामा नयाँ उपलब्धि थप्न मद्दत पुर्याएको छ।
चापागाउँ अस्पतालको यो सकारात्मक प्रगति स्थानीय समुदायका लागि ठूलो राहतको कारण बनेको छ । यसले समग्र स्वास्थ्य सेवामा नयाँ उत्साहको लहर ल्याएको छ।