काठमाडौँ – सरकारले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी (सह–सचिव)को सुरुवा गरेको छ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले ७८ जना सहसचिवको सरुवा गरेको हो ।


ADVERTISEMENT


जस अनुसार नेपाल ट्रष्टको कार्यालयमा कार्यरत सहसचिव कुमार प्रसाद दाहाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका दिलकुमार तामाङलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका भरत गौतमलाई हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाजमा पठाइएको छ भने  बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

हेर्नुहोस्, कसलाई कहाँ सरुवा गरियो ?