काठमाडौं–काभ्रेमा बिहीबार बिहान दूध बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दूध बोकेर ढुङखर्कतर्फ आउँदै गरेको बा ३ ख १६९३ नम्बरको गाडी बेथानचोक गाउँपालिका–२ दुर्गुम खोलामा दुर्घटना हुँदा स्थानीय ६३ वर्षीय नारायणप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धुलिखेल लगिएको छ । बिहान ९ बजे भएको दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसमाथि अनुसन्धान भइरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #