काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।


ADVERTISEMENT


आइतबार आयोजित एक कार्यक्रमका बीच एन्फाका महासचिव किरण राई र रोसले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । रोसको नेतृत्वमा नेपाली पुरुष फुटबल टोलीले नयाँ उचाईं हासिल गर्ने एन्फाले विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #