काठमाडौँ – महालक्ष्मी विकास बैंकले बैंकको बुढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको आयोजना गरेको छ ।


ADVERTISEMENT


विकास बैँकले वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै फागुन १५—१६ गते उक्त कार्यक्रमको आयोजना गरको हो । बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


जसक्रममा वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै विशेर्ष यालीको आयोजना गरिएको थियो ।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेका थिए । यस अवसरमा विकास बैँकले हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिएको छ ।

महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू संचालन गर्दै, ८ लाख ग्राहकहरूमा विश्वसनीय सेवा पुर्याइरहेको छ ।