काठमाडौं– सरकार र संघीय समाजवादी फोरम नेपालबीच संविधान संशोधनमा सहमति जुटेपनि मन्त्रालय भागवन्डामा कुरा मिल्न सकेको छैन ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वाम गठबन्धन र फोरम नेताहरुबीचको वार्तामा सरकार दुईटा मात्र मन्त्रालय फोरमलाई दिन तयार भएपछि मन्त्रालय भागभन्डामा सहमति जुट्न नसकेको हो । फोरमले सरकारसँग तीन वटा मन्त्रालय मागेको छ ।


ADVERTISEMENT

# # #


बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले वार्ता सकारात्मक भएको जानकारी दिए । ‘संविधान संशोधनको विषय लगभग टुङ्गिएको छ । मन्त्रालय भागवण्डाको विषयमा पनि केही दिनमै सहमति जुट्छ,’ यादवले भने ।

फोरम नेता राजेन्द्र श्रेष्ठले पनि संविधान संशोधनमा वाम गठबन्धन सकारात्मक भएको बताउँदै वार्ता सफल भएको बताए । ‘आजको वार्ता पनि सकारात्मक रुपमा सम्मन्न भयो’ श्रेष्ठले भने, ‘संविधान संशोधनमा सरकार लचक भएको छ ।’

वार्तामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, फोरम अध्यक्ष उपेन्द्र यादवलगायत दलका शीर्ष नेताहरु सहभागी थिए ।