काठमाडौं–आगामी राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।


ADVERTISEMENT


बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना हुने कार्यालयको दिउँसो १ बजे औपचारिक उद्घाटन हुँदैछ । यसअघि हिजो आयोगले उच्च अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


आयोगले राष्ट्रपति निर्वाचनको मिति आगामी २९ गतेलाई तोकेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि फागुन २१ गतेदेखि निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

फागुन २१ मा मतदाता नामावली प्रकाशन, फागुन २३ गते उम्मेदवारको मनोनय दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको एक साताभित्र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरिनुपर्ने कानुनी प्रावधान छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । कानूनले संघीय संसद सदस्य मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ ।