पाल्पा– पाल्पा जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ । शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT


यही फागुन १४ गतेदेखि हराएकी हिताङ्ग बुधबार स्थानीय खोलाको पानीमा डुबेको अवस्थामा भेटिएको प्रनाउ घिमिरेले बताए ।


ADVERTISEMENT

# # #