काठमाडौँ – विभिन्न माग राख्दै आन्दोलनरत स्वर्गद्वारी गुठि पीडित मोही किसान संघर्ष समितिले एमाले मुख्यालय च्यासल नजिक प्रदर्शन गरेका छन् ।
सरकारले आफूहरुसंग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले मंगलबार च्यासलमा प्रदर्शन गरेका हुन् । मोही किसानहरुलाई मोही पूर्जा दिनुपर्ने उनीहरुको माग छ । उनीहरुले दुई बुदे सहमति कायान्वयन गर, मोही हक खोस्न पाइदैन लगायतका नारा लगाएका थिए ।
वर्गद्वारी गुठि पीडित मोही किसान संघर्ष समितिका कोषाध्यक्ष शेरबहादुर चौधरीले पुस्तौपुस्तादेखि भोग चलन गरिरहेको जमिनको स्वामित्व पाउन नसकेको भन्दै आन्दोलन गर्नुपरेको बताए ।
स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ विगाह जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफुहरुले पाउनुपर्ने मोही किसानको माग छ ।