काठमाडौँ – काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि प्याराफिट निर्माणको काम सुरु भएको छ । निर्माणको ठेक्का पाएको BKOI-KCDC-BG जेभीले आज निर्माण क्षेत्रमा विशेष पूजा गर्दै काम सुरु गरेको हो ।


ADVERTISEMENT


सोही अनुसार निर्माण कम्पनीले यद्दपि औपचारिक रुपमा पूर्ण रुपमा निर्माणको काम भने बुधबारदेखि मात्रै सुरु हुने ठेक्काको काम सकिएसँगै सोमबार सरकार र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । निर्माणका काम आगामी वैशाख २४ गतेभित्र सक्ने गरी सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार तोकिएको मितिमै निर्माण सक्न तीन सिफ्टमा काम गरिने कम्पनीका प्रतिनिधि प्रेम पौडेलले जनाए । उनले भने, ‘हामीलाई वैशाख २४ गतेको म्याद दिइएको छ । हामी तीन सिफ्टमा गरेर भए पनि उहाँहरुले दिएको समय भन्दा अगाडि नै सकाएर बुझाउने गरी लाग्नछौँ ।’

निर्माणका लागि कम्पनीको ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको थियो । जस अन्तर्गत त्रिवि क्रिकेट मैदानमा दुई वटा प्याराफिट ब्लक निर्माण हुनेछन् । जसको कूल क्षमता १० हजार दर्शक अट्ने गरी बनाइनेछ ।

प्याराफिटको उचाईं मैदानको बिहिरी किनारादेखि ३५ मिटर चौडा र ८ मिटर अग्लो हुने कम्पनीका परियोजना म्यानेजर सुनिल कुमार शाहले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ३० गते प्रधानमन्त्री भएपछि आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकको पहिलो निर्णयमा नै त्रिवि क्रिकेट मैदानलाई ३६५ दिनभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय गरेको थिए ।

सोही अनुसार गत पौष ६ गते फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको थियो । फ्लडलाइट निर्माणको लागि पनि बोलपत्र स्वीकृत भइसकेको छ । यद्दपि काम भने सुरु भइसकेको छैन ।