काठमाडौं – आईसीसी विश्वकप छनोटअन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल रद्द भएको छ । खेल केही बेरपछि सुरु हुने भनिएपनि पुनः वर्षा भएपछि खेल रद्द भएको हो ।


ADVERTISEMENT


३० ओभरमा छोट्याइएर खेल सुरु हुने आइसीसीले तयारी गरेपनि पुनः वर्षा भएपछि खेल रद्द गरिएको हो । जिम्बावेको क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा नेपालले हङकङबीचको खेल हुनु पर्ने भएपनि खराब मौसमका कारण हुन सकेन ।


ADVERTISEMENT

# # #


छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

छनोटमा नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।