काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा उनका समर्थकले गर्ने स्वागत र्यालीलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
पूर्वराजा शाह अपराह्न ३ बजे हवाईमार्ग हुँदै पोखराबाट काठमाडौँ फर्किने कार्यक्रम भएपनि अहिले ११ बजेदेखि सुरक्षा व्यवस्था कडाइ गर्न लागिएको हो ।
यसका लागि ११ बजेदेखि नेपाल प्रहरीको काठमाडौंस्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथ हुँदैछन् भने प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटबाट विमानस्थल प्रवेशमा कडाइ गर्ने भएको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको पहिचान गरेर मात्रै गोल्डेनगेटबाट प्रवेश दिइने प्रहरीले जनाएको छ ।
यस्तै, प्रदर्शन र्यालीका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त हुने सम्भावनाप्रचूर भएसंगै पूहरी ट्राफिक डाइभर्सन पनि डाइभर्ट गरेको छ । जसमा ट्राफिक महाशाखाले दिउँसो १२ बजेपछि तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमनमा रोक लगाउने योजना रहेको बताएको छ ।
यस्तै, ट्राफिक जाम कम गराउन तीनकुनेबाट गौशाला जानुपर्ने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ डाइभर्ट गरिने सम्भावना रहेको बताइएको छ भने, चावहिल–जोरपाटी जाने सवारी साधनलाई पेप्सीकोला, काडाघारी हुँदै डाइभर्ट गर्ने सकिने महाशाखाले जनाएको छ ।