रौतहट– रौतहटको बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर–१ मा जिल्लास्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता २०८१ सफलतापूर्वक सम्पन्न भएको छ।


ADVERTISEMENT


छाया नेपाल नामक संस्थाद्वारा अयोजित प्रतियोगिता फरक क्षमता भएका विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमता वृद्धिका लागि विभिन्न खेलकुद कार्यक्रमहरूको आयोजना गरिएको हो।


ADVERTISEMENT

# # #


प्रतियोगितामा प्रमुख अतिथिका रूपमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी र अध्यक्ष यमबहादुर खडिवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा रौतहट जिल्लाका चार विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए।

प्रतियोगितामा ब्याटमिन्टन, दौड, चम्चा दौड, रिले रेस, म्युजिक चेयर, लौङ जम्प र घैटो रेस जस्ता खेलहरू सञ्चालन गरिएको थियो ।

यस प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै उनीहरूको आत्मविश्वास र मानसिक स्वास्थ्यमा सुधार ल्याएको आयोजक राजेश साहले बताए।