काठमाडौं–पर्सा प्रहरीले बुधबार राती वीरगञ्जमा भएको गोली प्रहार घटनालाई छानबिन गरी अभियुक्तहरूलाई सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा गोली लागेर घाइते भएका विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई वीरगञ्ज १३ रानीघाटमा बस्दै आएका अरविन्द र भीम भन्ने उमेशप्रसाद चौरसियाकी श्रीमती वर्ष २३ की प्रियंका चौरसिया, प्रियंकाका प्रेमी विकेन्द्रकुमार गुप्ता र वर्ष २७ का मनोज गुप्ता र बन्दुक चलाउने २५ वर्षिय मुन्ना साह कानु रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी, ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ३५ वर्षिय उमेश माथि राती साढे ९ बजे ना ३४ प १०३ नंको रातो रंगको प्याशन प्रो मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए ।

अनुसन्धानको क्रममा उमेशको हत्यामा निजकै पत्नी प्रियंकाको हात रहेको बताएको छ । प्रियंकाले प्रेमी विकेन्द्रसँग मिलेर हत्याको योजना बुनेकी थिइन् ।