काठमाडौँ– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले शिक्षकसंग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसंग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


सरकारले पटक पटक गरेका सहमतिको पालना गर्दै तत्काल शिक्षकहरुसंग वार्ता र सम्वाद गर्न उनले माग गरे । केसीले विधालय ऐन जारी गर्ने लगायतका विभिन्न मागहरुको समाधान गर्न समेत उनले आग्रह गरे ।

आफुहरुसंग सरकारले गरेको सहमतिका आधारमा विधालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै देशभरका शिक्षकहरु अहिले आन्दोलित भएका छन् ।