काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक रहेको बताएका छन् ।
मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले झण्डै दुईतिहाइको संसदले बनाएको सरकारलाई विचौलियाको सरकार भन्नु खेदजनक रहेको भन्दै आफुलाई सच्चाउनुपर्ने बताए ।
वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको भन्दै उनले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गरे ।
बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानुनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै विपक्षी भएकै कारण विरोध गरिएको बताए । उनले विपक्षी दललाई सदनमा प्रयाप्त स्पेश दिइरहेको धारणा राखे ।
उनले प्रधानमन्त्री केपी ओलीको निकै अघिदेखिएको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण बिपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थित हुन नसकेको बताए ।