काठमाडौँ – साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी भारतमा आयोजना हुने ड्र सार्वजनिक गरिएको हो । जसअनुसार समूह बीमा नेपाल र भारत एकै समूहमा परेका छन् । सहभागी ६ टोलीलाई दुई समूहमम विभाजन गरिएको छ ।
समूह ए मा माल्दिभ्ससँगै भुटान र साबिक विजेता बंगलादेश रहेका छन् भने समूह बी मा आयोजनक भारतसँगै साबिक विजेता नेपाल र श्रीलंका परेका छन् ।