काठमाडौँ – भारतको कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
यसका लागि कम्पनीले नेपालको ख्यातिप्राप्त लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रा. लि.सँग रणनीतिक साझेदारी गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले नेपालमार्फत सेवा सुरु गर्ने घोषणा गरेको हो । कार्यक्रममा डीटीडीसी अष्ट्रेलियाका प्रतिनिधि पिनाकी चटर्जीले नेपालमा डीटीडीसीको विस्तारलाई बिश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।
उनले युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्ने उनले बताए । उनले आफूहरुको सेवा शुल्क अन्य कम्पनीभन्दा सस्तो हुने भएकाले स्थानीय बजारसंग प्रतिष्पर्धा गर्न सक्ने धारणा राखे ।
यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने, र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।