काठमाडौँ- रङहरूको पर्वका रूपमा लिइने फागु पूर्णिमा आज देशका तराई जिल्लाहरूमा मनाइँदैछ ।


ADVERTISEMENT


असत्यमाथि सत्यको जितको रूपमा हरेक वर्ष फागु शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइने गरिन्छ ।


ADVERTISEMENT

# # #


यद्यपि, होली पहाड र मधेसमा एक दिन अघिपछि गरेर मनाउने परम्परा छ । पहाडमा हिजो होली मनाइएको थियो भने तराईमा आज मनाइदैँछ ।

आफन्त, साथीभाइ भेला भएर विभिन्न रङहरू दलेर होली मनाउने परम्परा छ । होेलीका अवसरमा सरकारले आज तराई जिल्लाहरुमा सावजनिक बिदा दिएको छ ।