काठमाडौँ – युगाण्डामा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ । नेपालले शुक्रबार हङकङ चाइनलाई ६ विकेटले पराजित गरेको हो ।
युगाण्डाको एन्टीब्बे क्रिक्रेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ चाइनाले निर्धातिर २० ओभमा ८ विकेट गुमाउँदै १०४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर जित हात पारेको हो ।
नेपालको जितका लागि ओपनर सम्झना खड्काले ४७ रनको पारी खेलिन् । त्यसक्रममा उनले ४३ बलमा ३ चौका प्रहार गरिन् । यस्तै पूजा महतोले २६ बलमा नटआउट २० रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्मा ३२ बलमा १ चौका सहित १८ रनमा आउट भइन् भने अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ हङकङ चाइनाकी इम्मा लाई र कौर मेहकदीपले समान १–१ विकेट लिए ।
यसअछि ब्याटिङतर्फ हङकङ चाइनाकी सन्जीन शाहजादले सर्वार्धिक ५४ रन बनाइ । सोक्रममा उनले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । यस्तै केरी चानले १६ र यस्मिन दशवानीले १४ रनको योगदान दिए । बलिङतर्फ नेपालकी राजमती ऐरीले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ तथा पूजा महतो र इश्वरी विष्टले समान १–१ विकेट हात पारे ।
सिरिजमा ६ खेलमा दोस्रो जित निकाले पनि नेपाल अंक तालिकाको पुछारमा परेको छ । नामिबिया र आयोजक युगाण्डा अंक तालिकाको क्रमश पहिलो र दोस्रो स्थानमा रहँदै फाइनल खेल्नेछन् । उनीहरु ५ खेलमा ३ जितसहित एक खेल अगावै फाइनलको ढोका खोलेका छन् ।
यता ६ खेलमा ३ जित निकालेको हङकङ चाइना अंक तालिकाको तेस्रो रहेको छ । अब नेपाल र हङकङ चाइनाबीच तेस्रो स्थानका लागि आइतबार भिडन्त हुनेछ ।