काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौवाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘देश एउटा परिवर्तनको संघारमा पुगिसकेको छ । अब एक दुईजना कसैले चाहेर रोकिने अवस्थामा छैन । आफ्नो आस्थालाई केन्द्रमा राखेर अहिले आउन खोजिरहेको परिवर्तनलाई र जनताको भावनालाई अदेखा गर्ने र दुर्घटनातर्फ काम हामी कसैले गर्नु हुँदैन’  उनले भने, ‘यो परिवर्तनले एउटा बाटो पक्रनै पर्नेछ । अहिलेका सबै घटनाक्रमले प्रस्ट पारेको छ, यसलाई यहीँ रोकेर राख्न सकिँदैन । नेपालमा राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना हुनेवालै छ । यसलाई कसैले रोक्न सक्दैन ।’

उनले भीडले नेताहरुलाई विस्थापित गरेर वा राजनीतिक दलहरुको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनालाई हुने भन्दै आफूहरु दलहरु सबै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे । लिङ्देनले राजसंस्था र प्रजातन्त्र एक-अर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाइ विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे ।

उनले भने, ‘राजसंस्था दुई मध्ये एउटा तरिकाले आउँछ । पहिलो, भीडले अहिलेको नेताहरुलाई विस्थापित गरेर । भनेको, बंगलादेश, श्रीलंकाजस्तो नेताहरुलाई भागाभागको अवस्था सिर्जना गरेर । दोस्रो सबै राजनीतिक दहरुबीच सहमति गरेर । कुनचाहीँ बाटोबाट आउँछ, तर आउँछ ।

उनले पूर्वराजाको स्वागतमा आफूहरुले अहिलेसम्मै ठूलो जनसागर देखेको बताए । यद्दपी केही सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनले बताए । उनले अहिलेको अवस्थामा सञ्चारजगत पूवाग्राही बन्न नहुने र देशको परिवर्तनको यात्रालाई अन्देखा गरेर देशलाई दुर्घटनार्फत लैजान दिन नहुने उल्लेख गरे ।