चितवन – चितवन कालिका नगर पालिका ५ पदमपुरका थारू समुदायले फागु पूर्णिमा पर्व धुमधामका साथ मनाएका छन् ।


ADVERTISEMENT


थारु समुदायले बिहीवार चिर दहन गरे पछि शुक्रवार होली मनाउने चलन रहेको छ । शुक्रवार अघिल्लो दिन दहन गरेको चिरको धुलो उडाउदै हाली खेल्ने र चिरको धुर्हेरी पखालेपछी घरमा विभिन्न परिकार बनाएर खाने गरेका छन् ।


ADVERTISEMENT

# # #


फाुगको दिन चेलीबेटी बोलाउने र खान पान गर्ने चलन रहेको भिमबली थारू महिला समुहकी अध्यक्ष बालकुमारी चौधरीले बताइन्। फागुको दिन गाउका सबै महिला एकै स्थानमा जम्मा भएर एक आपसमा होलीको रग खेल्ने र ठेकरा नाच लठ्ठी नाच डम्फु नाच र महिलाहरू एकै स्थानमा जम्मा भएर गित गाउने चलन रहेको उनले बताइन् ।

कला सस्कृती धनी थारू समुदायले फागु पूर्णिमालाई विशेष पर्वको रूपमा मनाउने गरेका छन् । चितवनको बछौली, खैरहनी, पर्शा, पदमपुर, मेघौली, माडी लगायतको क्षेत्रमा थारू समुदायको बसोबास रहेका छ ।