काठमाडौँ– शिखर इन्स्यारेन्सले ‘ह्यापिनेस इन्स्योरेन्स’ (खुशीको इन्स्योरेन्स) नामक एक नयाँ थिमेटिक फिल्म सार्वजनिक गरेको छ ।
इन्स्योरेन्सले आफ्नो २० वर्षको अविश्वसनीय यात्रा मनाउने अवसरमा सो फिल्म सार्वजनिक गरेको हो । फिल्मले जीवनका उतारचढावमा आफ्ना ग्राहकलाई सँगसँगै राख्दै समर्थन र सेवा गर्ने शिखर इन्स्योरेन्सको प्रतिबद्धता र संघर्षलाई प्रस्तुत गरेको छ ।
कथा एक समृद्ध र प्रेमले भरिएको परिवारसँग सुरु हुन्छ । जसले जीवनका विभिन्न मोडहरू पार गर्दै सुखद क्षणहरू मनाउँछ, तर कहिलेकाहीँ अनपेक्षित कठिनाइहरू पनि भोग्छ । जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्। यस यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ ।
फिल्ममा शिखर इन्स्योरेन्सका ग्राहकहरूले आफ्नो जीवनको महत्वपूर्ण क्षणहरूमा गरेको विश्वास र भरोसासँगको यात्रा र सम्बन्धलाई चित्रण गरिएको छ भने, यसले कम्पनीको २० वर्षको यात्रा र त्यसका क्रममा ल्याइएको खुशीको पुनःप्राप्तिको पक्षलाई पनि उजागर गरेको छ।
फिल्मले आफ्नो ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ गर्ने लक्ष्यलाई प्रष्ट पारेको इन्स्योरेन्सका प्रमुख प्रवक्ताको भनाई छ । उनका अनुसार, २० वर्षदेखि निरन्तर ग्राहकहरूको सपनाहरूलाई सुरक्षित राख्न र उनीहरूको जीवनमा सार्थक प्रभाव पार्न सफल भएको कम्पनीले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने संस्थाको प्रतिबद्वता छ ।
हेर्नुहोस् शिखर इन्स्योरन्सद्वारा सार्वजनिक ‘थिमेटिक फिल्म’