काठमाडौँ– नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्वका लागि मतदान जारी छ ।


ADVERTISEMENT


निर्वाचन समितिका अनुसार बिहान ८ बजे देखि मतदान सुरु भएको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।


ADVERTISEMENT

# # #


चुनावमा मुख्यतः तीन वटा दल निकटका संगठन प्रतिस्पर्धामा रहेका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसंघ० रविन ओलीको नेतृत्वमा चुनाव लड्दैछ । नेकपा एमाले निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विशाल रोकाहाको नेतृत्वमा चुनावी मैदानमा छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अन्य क्रान्तिकारी संगठनहरूसहितको गठबन्धनमा काशीराम जैसीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छ ।

जैसी नेतृत्वको प्यानललाई नेकपा एकीकृत समाजवाद निकट र धर्मेन्द्र बास्तोला निकट विद्यार्थी संगठनको समर्थन छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल समाजवादी पनि चुनावी मैदानमा छ । अखिल समाजवादी सलुन खड्का नेतृत्वमा चुनावी मैदानमा छ ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो ।

त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मङ्गलबार बिहान मतदान गर्न लामवद्ध ६५ वर्षीय विद्यार्थी मतदाता। तस्बिर ः प्रवेशकुमार मिश्र/ रासस

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा मङ्गलबार स्ववियु निर्वाचनको लागि मतदान गर्न लामबद्ध विद्यार्थीहरु । तस्बिरःभेषराज बस्नेत/रासस

नेपाल कमर्स क्याम्पस मिनभवनमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मतदान गर्न लामबद्व विद्यार्थीसँग मत माग्दै उम्मेदवार । । तस्बिर : हरिराम भेटुवाल / रासस

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान गर्दै सभापति पदका चार उम्मेदवारहरु । तस्बिर ः ः कमल खत्री / रासस

नेपाल कमर्स क्याम्पस मिनभवनमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मतदान गर्न लामबद्व विद्यार्थी । तस्बिर : हरिराम भेटुवाल / रासस

सङ्खुवासभाको सदरमुकाम खादबारीमा रहेको बरुण बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान गर्दै विद्यार्थी । जिल्लाका तीन क्याम्पस आज मतदान हुँदै छ । तस्बिर स् भविन कार्की / रासस

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदानका लागि लामबद्ध विद्यार्थीहरु । यहाँ सभापतिपदका लागि १४ जनाको उम्मेदवारी परेको छ । तस्बिर: हिमाल लम्साल / रासस