काठमाडौँ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन् । माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए । उनले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्डबाजीमात्रै भएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले राजावादीको चुनौती महशुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए । उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधनमात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे ।