राहुल गुप्ता, बारा – जिल्लाको देवताल गाउँपालिका वडा नं १ बड्की फुलवरियाका वडा अध्यक्ष अरुणकुमार सिंह आफै स्वं नै विकास बाधक साबित भएका छन्।


ADVERTISEMENT


देवताल गाउँपालिकाको वडा नं १ मा यो आर्थिक वर्षमा विकाशको नाममा उक्त वडाका वडा अध्यक्षले विकास योजनाका लागि एक पैसाको काम गर्न सकेका छैनन्। चालु आ व २०८१र०८२ मा देवताल गाउँपालिकाबाट उक्त वडाको लागि शून्य रकम बिनियोजन गरिएको छ। वडा अध्यक्ष सिंहले वडाको लागि पाउने बजेटमा अधिकांश बजेट सामाजिक विकाश कार्यक्रमहरुमा राखी बजेट झ्वाम पार्ने मनसाय बोकेको भन्दै उक्त वडाको लागि रकम विनियोजन नभएको गाउँपालिका स्रोतको जिकिर छ ।


ADVERTISEMENT

# # #


वडामा विकास निर्माणका क्रियाकलापमा अध्यक्ष सिंह निष्क्रिय भएसँगै वडाका अन्य समाज सेवीहरुले गाउँको विकासको बारेमा चिन्ता बोकेको हेर्न सकिन्छ। सोही वडाका समाजसेवी प्रभात सिंहले अन्य विकासको काम गर्न खोज्दा वडा अध्यक्षले बारम्बार हस्तक्षेप गर्ने खोजेको बताए ।

उनको भनाइ अनुसार वडामा एकजना विदेशबाट फर्केको व्यक्तिले कुखुरा पोल्ट्री फारम खोल्न लागेको र सो ठाउँमा विधुत पुर्याउनका लागि पहल गर्न वडा अध्यक्ष सिंहलाई पटकपटक आग्रह गर्दा पनि चासो देखाएनन् । पश्चात प्रभात सिंहले सो कुराको पहल गरिरी विद्युत प्राधिकरणको समन्वयमा विद्युतीय पोल निकाश गराए । तर, उक्त जानकारी पाएपछि वडा अध्यक्ष सिंहले प्राधिकरणका कार्यालय प्रमुखलाई फोन गरेर तुरुन्तै नरोके कार्यालयमा गएर तोडफोड गर्ने धाकधम्कि दिएपनि विद्युतको पोल निकाशी रोकिएको स्थानीय बताउँछन् ।

 

अहिले फेरि दलितबस्तीमा नयाँ सडक विस्तार भएको र नयाँ घर बनाएर बसेका अति गरिब दलित व्यक्तिहरुलाई विद्युत पोलको आवश्यकतालाई मध्ये नजर गरी विद्युत प्राधिकरण कलैयाको सहयोगमा प्रभात सिंहले पोल र तार निकासी गराए । त्यसपश्चात पोल र तार समेत आयो। पोल र तार आउने बितिकै सो बस्तीका जनताहरु हर्ष हुल्लासको साथ् खुसी भएर पोल गाड्ने काम सुरु गरे।

कूल ५ वटा पोल आएकोमध्ये २ वटा पोल गाड्ने बितिकै वडा अध्यक्ष सिंहले पुनः प्राधिकरण कार्यालयमा फोन गरी तुरुन्तै रोक्ने निर्देशन दिए । लगत्तै पोल गाड्न आएका कामदारहरु बाँकि रहेका ३ वटा पोल अलपत्र पारेर विद्युत तार लिएर फर्केका छन् ।

विकास निर्माणका काममा जनप्रतिनिधिको हैसियतले सक्रियता देखाउनुको सट्टा उल्टै अरुले नै गर्न लागेका काममा समेत वडाध्यक्ष सिंहले भाँजो हालेको भन्दै स्थानीहरुले आक्रोश व्यक्त गरेका छन् ।