काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्न्टनेन्टल प्रा.लि.ले बहुप्रतीक्षित हुन्डाई क्रेटा ईभी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार नेपाली बजारमा क्रेटा ईभी सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


सोही अवसरमा कम्पनीले नेपालमा बनेको क्रेटा आईस समेत सार्वजनिक गरेको छ । ग्राहकहरुको आवश्यकता र गतिशीलतालाई मध्यनजर गर्दै क्रेटा ईभी भित्र्याएको जनाएको छ । जस अनुुसार क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीले क्रेटा आईस (मेड इन नेपाल)को मूल्य ५३ लाख ९६ हजार तोकेको छ ।


ADVERTISEMENT

# # #


नेपालमा हुन्डाईले २०१५ देखि क्रेटा बिक्री सुरु गरेको थियो । गज्जबको डिजाइन, उत्कृष्ट प्रर्दशन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले १० हजार भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

हुन्डाई नेपालले पर्यावरणमैत्री विकासमा पनि अगाडि बढ्दै नयाँ पहिचानको चारजिङ नेटवर्क “रिल्याक्स” मार्फत DC चारजर नेटवर्क निर्माण गरिरहेको छ, जसमा रिपेयर सप्स पनि समाहित हुनेछन्, जसले चारजिङ कन्भिनियन्सलाई अझ प्रभावकारी बनाउनेछ । साथै, ब्याट्री रिसाइकलिङ र रिसिड्युल भ्याल्यू म्यानेजमेन्टको लागि एट्रो इण्डियासँग सहकार्य गर्दै दिगोपनामा ध्यान दिइएको छ, जसको फाइदा ग्राहकले पाउनेछन् ।

क्रेटा इभी का मुख्य विशेषताहरू

२०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १७ डिग्री भन्दा बढी ब्रेकओभर एंगल सेग्मेन्टमा सबैभन्दा उच्च ), जसले mild off-road मा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ ।

११kW AC charging – segment मा मात्र उपलब्ध) जसले घरायसी भित्तामा जडान गरिएको चार्जरबाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
स्पेयर टायरको उपलब्धता, जब कि धेरै प्रतिस्पर्धी ब्रान्डहरूले केवल रिपियर किट मात्र उपलब्ध गराउँछन् ।

एडभान्स सेफ्टी फिचरर्सजस्तै ADAS, ६ airbags, र ३६० डिग्री क्यामेरा, जसले अधिकतम safety र convenience सुनिश्चित गर्दछ । हुन्डाई नेपाल ले क्रेटा EV का लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा ICE का लागि ३ वर्षको vehicle वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई दीर्घकालीन विश्वसनीयता प्रदान गर्नेछ ।

बिगत एक दशक भन्दा बढी समय देखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राखदै आएको छ । प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्री पछी को सेवा ले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहँदै आएको छ ।