काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका हुन् । उनले विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहज रुपमा लिनुपर्ने उनको भनाइ छ ।
उनले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरे । प्रचण्डले संक्रमणकालीन न्यायसंगसम्बन्धी बिषयमा प्रधानमन्त्रीसंग सहमति भएपछि आफू हिँडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको जिकिर गरे ।
तर संक्रमणकालीन न्यायसंगसम्बन्धी छलफलपछि कुलमानका विषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफूलाई महशुस भएको उनले गुनासो गरे । उनले संक्रमणकालीन न्यायसंग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफू दुखित भएको भन्दै सत्यतथ्य राखिदिन सञ्चारकर्मीसंग आग्रह गरे ।