काठमाडौँ – प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बिपक्षी सांसदले अवरोध गरेपछि बैठक बिहीबारसम्मका लाथि स्थगित गरिएको हो । बैठक सुरु हुने बितिकै बिपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । सभामुख देवराज घिमिरेले संसदको कार्यसूचीलाई अघि बढाउन आग्रह गरेका थिए । उनले विपक्षी दलले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै बैठक सञ्चालन गर्ने वातावरण बनाउन समेत आग्रह गरे ।

सभामुखको आग्रहपछि पनि विपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले बिहीबार ११ बजेसम्मका लागि बैठक स्थगित गरे । बैठकअघि सभामुख घिमिरेले संसद भवनमा विपक्षी दलका नेतासंग छलफल गरेका थिए । त्यसक्रममा कुलमानका विषयमा ऊर्जामन्त्रीले जवाफ दिने सभामुखको प्रस्तावमा विपक्षी दलका नेताहरुले असहमति जनाएका थिए । उनीहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग रहेको जानकारी गराएका थिए ।