काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मक्र्योर होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले मक्र्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
बैँकले देशभर १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ ।