काठमाडौँ– राजावादी प्रदर्शनकारीले तिनकुनेस्थित आगलागी भएको घरमा आगो निभाउन पुगेको दमकलमाथि पनि आक्रमण गरेको छ ।


ADVERTISEMENT


आन्दोलनकारीहरुले दनदनी बलेको आगो निभाउन पुगेको दमकलमाथि ढुंगामुढा प्रहार गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीसँगको झडपका क्रममा प्रदर्शनकारीले लगातार निशामा पारेको स्थानीयको एक घरमा आगो लागेको छ ।

जलिरहेको सो घरको आगो नियन्त्रणमा नलिइए तयसले झन् क्षति पुर्‍याउने देखिएको छ ।