काठमाडौँ– राजावादी पूदर्शनकारीको आन्दोलनका कारण यतिबेला तीनकुने क्षेत्र अस्तव्यस्त बनेको छ ।
आन्दोलनकारीले प्रहरीले बनाएको सिमा घेरा नाघोपनि शुरु भएको तनाव हाल हवाई फायदेखि स्थानिको घर जलान सम्म पुगेको छ ।
यसक्रममा आन्दोलनकारीले एक स्थानियको घर समेत जलाएका छन् भने आगो निभाउन पुगेका दमकलमाथि पनि लगातार ढुंगामुढा प्रहार गरिरहेका छन् ।
प्रदर्शनकारीले देखाएको अराकजतालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । सो क्रममा एक प्रदर्शनकारीलाई गोली लागेपछि आन्दोलनले झन् उग्र रुपमा लिएको छ ।
हाल जारी झडपमा प्रदर्शनकारी संगै सुरक्षाकर्मीहरु पनि घाइते भएका छन् । एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको खबर हिमालय पोष्टलाई जानकारी प्राप्त भएको छ भने अन्य थप विवरण आउन बाँकी छ ।