काठमाडौँ – एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ ।


ADVERTISEMENT


राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । आगजनीका कारण महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए । भित्र रहेका सामानहरु पनि बाहिर ल्याएर जलाएको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड भएको छ । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर केहि सामान लुटेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रदर्शनकारीले भाटभटेनीमा रहेका दर्जनबढी गाडी तोडफोड गरेका छन् ।