काठमाडौँ– सरकारले प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।