काठमडौँ – उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा राजावादीहरुको मोर्चामा लागेकी छन् । राणा शुक्रबार काठमाडौँमा भएको राजावादीहरुको हिंसात्मक र अराजक गतिविधिको हिस्सा बनेकी हुन् ।


ADVERTISEMENT


राणासहित महासंघका केही पूर्व-पदाधिकारी र प्रख्यात अनुहारहरुले बिहीबार काठमाडौँमा दुर्गा प्रसाईले मच्चाएको अराजक गतिविधिको समर्थनमा विज्ञप्ती जारी गरेका हुन् । विज्ञप्ती जारी गर्नेमा राणासहित महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकार, कलाकार मनिषा कोइराला लगायत रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्व आवाजहरु प्रति आफूहरुको ऐक्यवद्धता रहेको बताएका छन् । तर, उनीहरुले भनेको ‘शान्तिपूर्ण आन्दोलन’ले १ सञ्चारकर्मीसहित २ जनाको मृत्यु भइसकेको छ । दर्जनौँ प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । यस्तै व्यक्तिका निजी सम्पित्तिमाथि अन्धाधुन्ध तोडफोड र आगजनी भएको छ । सञ्चारगृहमाथि नै आक्रमण गरिएको छ ।

हिजो नेपाली काँग्रसका सभापति शेरबहादुर देउवालाई प्रयोग गरेर महासंघको नेतृत्वमा पुग्दै नेकपा एमालेको दैलो चहारेर लगानी बोर्डमा महत्वपूर्ण जिम्मेवारी पाएकी राणा प्रतिगनकारी व्यवस्था र अराजकतावादीहरुको पक्षमा उभिएको भन्दै कतिपय व्यवसायीहरुले आश्चर्य प्रकट गरेका छन् ।

निजी संस्थालाई संरक्षण गर्नुपर्ने पदमा पुगेर महत्वपूर्ण जिम्मेवारी काँधमा बोकेका व्यक्ति नै व्यक्तिका निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने समूहको समर्थनमा उत्रिनु आपत्तिजनक रहेको उनीहरुको भनाई छ ।

‘हिजो महासंघको महत्वपूर्ण पदमा बसेकाहरु राजावादीको हिंसात्मक आन्दोलनमा लागेका छन् ।’ महासंघका एक पूर्वपदाधिकारीले भने, ‘निजी क्षेत्रलाई जोगाउनु पर्ने भूमिकामा रहेका व्यक्तिहरु निजी सम्पत्तिमाथि नै आक्रमण गर्ने अराजकतावादीहरुको पुच्छर बनेको देख्दा व्यवसायीहरु आश्चर्यमा परेका छौँ ।’

निजी क्षेत्रका जिम्मेवारी व्यक्ति नै आतंकवादी क्रियाकलापमा लाग्दा गलत सन्देश लाने र देशमा लगानीको वातावरण नै भड्किने भन्दै व्यवसायीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।