काठमाडौँ – चितवनको नारायणी नदी किनारमा चैते छठ मनाउनका लागि भक्तजनहरुको घुईंचो लागेको छ ।


ADVERTISEMENT


चितवनमा रहेका तराईबासीहरु चैते छठ मनाउन नदी किनारमा जम्मा भएका हुन् । छठ पर्व बिशेष गरेर तिहारपछि र चैतमा पनि मनाउने गरेको तराई सामुदायीक सेवा समिति चितवनका अध्यक्ष जय किशोर पाण्डेले बताए । तिहारपछि मनाउने छठमा अलि मान्छे धेरै आउने गर्छन भने चैते छठमा अलि कम भक्तजनहरु आउने गरेको उनले बताए । छठ पर्व तिन दिन सम्म मनाउने गर्छन् छठ पर्व मंगलवार देखि शुरु भएर शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्ध दिएपछि पूजा समाप्त हुने अध्यक्ष पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


भक्तजनहरुले मगलवार नाहाका बुधवार खरनाको दिन देखि नै चोखो भएर ब्रत बस्ने र बिहीवार नदी किनारमा आएर अस्ताउँदो सूर्यलाई अर्ध दिने र भोली पल्ट शुक्रवार उदाउँदो सूर्यलाई अर्ध दिएपछि छठ पर्व समाप्त हुने गरेको छ । छठको पूजा गर्नाले परिवार सुख शान्तिका साथै मागेको कुरा पुरा हुने विश्वास रहेको छ । तराई समुदायिक सेवा समितिले छठ पर्वमा पूजा गर्न आउने भक्तजनहरुको सुविधाको लागि नदी किनारमा बिशेष ब्यबस्था मिलाएको छ ।