काठमाडौँ– राष्ट्रिय सभा सदस्य डा. अञ्जन शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै निर्वाचित भएकी छन्।


ADVERTISEMENT


उज्वेकिस्तानको तास्केन्टमा आयोजित आईपीयुको १५०औं वार्षिक सभामा शाक्यले माल्दिभ्स र इरानका उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरेकी हुन्।


ADVERTISEMENT

# # #


यो जितसँगै नेपालले पहिलोपटक उक्त समितिमा प्रतिनिधित्व गरेको हो। सभामुख देवराज घिमिरेले शाक्यको अनुभवलाई समर्थन गर्दै ३६ देशका सभामुखलाई समर्थनका लागि पत्र पठाएका थिए।

डा. शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सदस्य र दिगो विकास उपसमितिकी संयोजक हुन्। उनले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी अध्ययन प्रतिवेदनको नेतृत्व गरेकी थिइन्।