काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषिलाई छोड्न नहुने बताएका छन् ।


ADVERTISEMENT


आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसंग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन् । जसले गरेको हो, त्यसलाई कुनै पनि हालतमा छोड्नुहुँदैन । हाम्रो पार्टीेको कुरा पनि यही हो ।’ उनले भने, ‘यत्रो मान्छे मारेको छ, निजी सम्पत्ति, पार्टी कार्यालयमा समेत आगो लगाएको छ, छाड्ने कुरै छैन ।’


ADVERTISEMENT

# # #


सो क्रममा रजकका परिवारले उक्त घटनाको छानविन नै नभएको दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानविन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाए ।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजी संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने उल्लेख गरे । सुरेश रजकका परिवारले सवै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए ।