काठमाडौँ– आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक अपराह्न ३ बजे बस्ने छ ।
बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्तिबारे निर्णय गर्नुपर्ने व्यवस्था छ ।
तर, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइतवार सकिएर अधिकारीको बिदाइ गत शुक्रबार नै भइसकेको छ । तथापि हालसम्म सरकारले नयाँ गभर्नर नियुक्तको निर्णय गर्न नसकेको अवस्थामा यही विषयलाई नै मुख्य एजेण्डा बनाएर बैठक बस्न लागिएको बुझिएको छ ।