काठमाडौँ– नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले पाएकी छिन्।
उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी सुम्पिएको हो। ढुंगाना अब नेपाल राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी सम्हाल्नेछिन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।