काठमाडौँ– काठमाडौँको वातावरण लगातार प्रदूषित हुदा सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको छ ।


ADVERTISEMENT


काठमाडौंको वायु गुणस्तर सुधार हुन नसक्दा सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको हो । काठमाडौं लगातार केहि दिनयता विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहेको छ ।


ADVERTISEMENT

# # #


देशका बिभिन्न स्थानमा लागिरहेको डढेलोका साथै सवारीसाधनका कारण काठमाडौं प्रदूषित बनेको हो । काठमाडौंको वातावरण प्रदूषित हुँदा उपत्यका धुम्मदेखिएको छ । वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध समेत गरेको छ ।