काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको देशभित्रै सदुपयोग गर्ने वातावरण सरकारले बनाउने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारणसभामा बोल्दै पौडेलले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई स्वदेशमा नै अधिकतम रुपमा सदूपयोग गर्ने वातावरण बनाइने बताएका हुन् ।


ADVERTISEMENT

# # #


वैदेशिक रोजगारलाई मर्यादित बनाउन कानून संशोधन लगाएतका बिषयलाई सरकारले बिशेष ध्यान दिने उनले जानकारी दिए ।

उनले अन्तराष्ट्रिय श्रम बजारमा जाने र फर्कनेको संख्या उतिकै रहेकाले फर्कनेहरुले राष्ट्र निर्माणको आधार तय गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संघको साधारण सभाले नयाँ नेतृत्व सचेत चयन गर्ने बताइएको छ ।