काठमाडौँ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल भारत सिमा नाका जोगवनीमा पर्यटकीय सवारी साधनमा स्टिकर टाँसेर पयटन वर्ष २०८२ को अभियानको सुरुवात गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो । भारतबाट आउने पर्यटकहरुलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो । मुख्य मन्त्री कार्कीले नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु सवैको दायित्व भएको बताउँदै अतिथिहरुलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे ।
उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने धारणा राखे । कोशी प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको जनाएको छ ।