काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिएकी छन् ।
कार्यवाहक सभापति डिपी अर्याललाई बुझाएको राजीनामा पत्रमा उनले ‘एक व्यक्ति, एक पद’ को सिद्धान्त व्यवहारमा लागू गर्न चाहेको उल्लेख गर्दै राजीनामा दिएकी हुन् ।
राजीनामा श्रेष्ठले आफू सार्वजनिक नीति निर्माणमा केन्द्रित हुन चाहेको भन्दै पार्टी सञ्चालनको जिम्मेवारी अरूलाई सुम्पन उचित ठानेको उल्लेख गरेकी छन्। यद्यपि उनले सांसदको भूमिकामा मात्र सक्रिय रहने स्पष्ट संकेत दिएकी छन्।
पार्टी सञ्चालन प्रक्रियाप्रति उनी असन्तुष्ट रहँदै आएकी थिइन्। उनको राजीनामा रास्वपाको केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश गरिने बताइएको छ।