काठमाडौँ– सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय प्रगति गर्दै सबैजसो वित्तीय सूचकहरूमा सुधार गरेको छ।


ADVERTISEMENT


बैंकको वितरणयोग्य मुनाफा २४ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धी हो। प्रति शेयर वितरणयोग्य मुनाफा ९.०१ रुपैयाँ पुगेको छ।


ADVERTISEMENT

# # #


यस त्रैमासमा सञ्चालन मुनाफा ६२ करोड १८ लाख र खुद मुनाफा ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ। दुवै मुनाफामा अघिल्लो त्रैमास र गत वर्षको तुलनामा दोब्बरभन्दा बढी वृद्धी देखिएको छ।

बैंकले ५६ अर्ब ६१ करोड निक्षेप संकलन गर्दै ४६ अर्ब ८९ करोड ऋण प्रवाह गरेको छ। साथै, जगेडा कोष १ अर्ब ८६ करोड पुगेको छ भने प्रति शेयर आम्दानी १६.२८ रुपैयाँ र इक्विटीमा प्रतिफल १०.९३% मा सुधार भएको छ।

खराब कर्जा दर ४.९९% बाट घटेर ४.९७% मा झरेको छ, जसले बैंकको सम्पूर्ण वित्तीय अवस्था सुदृढ बन्दै गएको संकेत गर्छ।